Nepali Article 2
स्व. धर्मप्रसाद ढकालबारे मेरो विचार
–बालकृष्ण पोखरेल
उहाँ इलाम नाम्सालिङ निवासी विशिष्ट व्यक्तित्व लप्टन अभिनारायण ढकालका जेठा सुपुत्रको रूपमा जन्मनुभएको हो वि.सं. १९६२ साल वैशाख महिनामा । उहाँका कान्छाबुबा मनोरथ ढकालका माहिला पुत्र विष्णुभक्त ढकालकी माहिली छोरी (मेरी स्वर्गवासिनी पत्नी शान्तादेवी)सित मेरो सं. २०१० फागुनमा बिहे भएपछि उहाँ मेरा काका ससुरा पर्नुभए तापनि मेरो र उहाँको व्यक्तिगत परिचय कहीं भएन । मैले बिहे एकदम नौलो पाराले गरेको थिएँ । मेरो बिहेमा पुरेत थपना मात्र थिए । ठूलाठूला विद्वान्हरूले भाषण गरेका थिए मेरो बिहेमा । तर मेरो दुर्भाग्य, इलाम नाम्सालिङ्गका सर्वाधिक ठूला विद्वान् धर्मप्रसाद ढकाल त्यस बेला इलाममा हुनुहुन्नथ्यो । बिहेको कार्यक्रम भएकै साल धर्मकाका (स्व. धर्मप्रसाद ढकाल)ले राजनीतिमा प्रवेश गर्नुभएको हुनाले पनि उहाँ त्यस बेला ज्यादै व्यस्त हुनुभएको हुँदा उहाँको दर्शन मैले नपाएको हुनु सम्भव छ ।
म जन्मनुभन्दा सात वर्षपूर्व (सं.१९८३)मा दार्जीलिङ गभर्मेन्ट स्कूलबाट प्रथम श्रेणीमा एस.एल.सी.मा उत्तीर्ण हुने जीवन्त प्रतिभा धर्मप्रसाद ढकालको व्यक्तिव सं. २००७ सालको क्रान्तिमा उहाँले खेलेको भूमिकाबाट जाहेर हुन्छ । उक्त क्रान्तिमा इलाम र झापाको लागि नेपाली काङ्ग्रेसबाट गठित अन्तरिम सरकारमा उहाँ सेनातर्पm गभर्नर हुनाको साथै उद्योग एवं अर्थतर्पmको मन्त्री नै हुनुहुन्थ्यो । सो सरकारमा महानन्द सापकोटा शिक्षामन्त्री हुनुहुन्थ्यो । तर यति धेरै विभागको दायित्व वहन गर्ने एक मात्र प्रतिभा धर्मकाका हुनुहुन्थ्यो । उहाँ मन्त्री भएको धेरै पछि उहाँका भतिजा वीरमणि ढकाल पनि मन्त्री भएका थिए । वीरमणि मेरा साला परे ।
प्रातःस्मरणीय धर्मकाका उमेरले मभन्दा साडे अट्ठाईस वर्ष जेठा हुनुहुन्थ्यो । यो उमेर मेरा पिताको भन्दा केवल डेढ वर्ष कान्छो हो । कति गहिरा हुनुहुन्थ्यो उहाँ त्यसको प्रत्यक्ष ज्ञान मलाई छैन, तर सातसालको क्रान्तिको प्रजातन्त्रलाई उहाँले आजीवन पालन गर्नुभयो । उहाँ मात्र होइन उहाँकी आमाको दूध चुस्नेहरूमध्ये एकै जनाले आजसम्म प्रजातन्त्रलाई मायाँ मारेको ज्ञान मलाई छैन ।
बरु आपूmलाई बालकृष्ण हुँ भनी निकै फुर्ती गर्ने मैले सातसालमा स्वयंसेवकको रूपमा विकास गरेको प्रजातान्त्रिक भावनालाई सातसालपछि लगातार छ वर्षसम्म त्यागेर माक्र्सवादको अभिनयमा भाग लिएको थिएँ । पछि आँखा खुलेपछि सं. २०१५ सालको चुनाउअगाडि नै मैले साम्यवाद त्यागेको हुँ । धर्मकाकाका भाइ जयप्रसाद ढकाल, ठीक मेरा जेठान चन्द्रमणि ढकाल भैंm, धेरै लामो अवधिसम्म वामपन्थी भएको मलाई थाहा छ । तर मैले भनिहालें, धर्मप्रसादले चुसेको लाम्टोको दूध चुस्ने एउटै पनि व्यक्ति वाम भएको खबर मेले पाएको छैन । मैले यहाँ वामहरू प्रतिभा हुँदैनन् भन्न खोजेको होइन । उदाहरणका लागि कार्लमाक्र्स वाम हुनुपूर्व पनि प्रतिभा थिए । पछि पूँजीपतिसितको जुवामा हारेर क्वाँक्वाँ रोएका महासामन्त फ्रेडरिक एङ्गेल्सको आँसु पुछ्न उनले वाम दर्शनको आविष्कार गरें । यो आविष्कारपछि पनि उनी प्रतिभा रहेनन् कसरी भन्ने ?
लप्टन अभिनारायण ढकालको ठूलो रहर थियो– आप्mना छोराभतिजा र छोरीभतिजीहरूले निकै ठूलो शिक्षालाभ गरून् । त्यस्तो प्रतिकूल स्थितिमा पनि उनका जेठा छोरा धर्मप्रसादले झन्डै आई.ए. त पढे । भनिहालूँ म, अहिलेको एम.ए.भन्दा कम स्तरीय थिएन उहाँले पढेको त्यो शिक्षा । यसै उँचाइले होला उहाँ सं. १९९१ तिर राणाकालीन युगमै हाकिमसम्म हुनुभएको । तत्कालीन इलाम र तत्कालीन धनकुटाका बडाहाकिमहरू उहाँले उच्चारण गरेको स्तरीय अङ्ग्रेजीदेखि कतिसम्म प्रभावित थिए भने ती उहाँलाई केही काल आप्mनो घरको शिक्षक बनाउन पनि उद्यत भएका थिए ।
जब देशमा पञ्चायती व्यवस्था लागू भयो प्रातःस्मरणीय धर्मकाका सं. २०२० मा झापा जिल्लाबाट निर्विरोध माननीय रा.पं. सदस्य छानिनुभयो । धर्मकाका नेपाली भाषा र साहित्यको पनि प्रेमी हुनुहुन्थ्यो भन्ने प्रमाण उहाँ भाषा प्रचारक सङ्घ करफोकको कार्यकारिणी समतिको कोषाध्यक्ष भएबाट पनि थाहा पाइन्छ । उहाँ शिक्षाप्रचारका एक मेरुदण्ड हुनुहुन्थ्यो भन्ने कुरो विभिन्न शिक्षण संस्थाको स्थापनामा उहाँले दिनुभएको योगदानबाट अवगत हुन्छ ।
आज इलाम जिल्लालाई नेपाल पहाडको सर्वाधिक उन्नत जिल्ला मानिन्छ । यस जिल्लामा मोटर नपुग्ने एउटै गा.वि.स. छैन रे । यस जिल्लाका पाँच अहरू (अलैंची, अदुवा, अन्तुको डाँडो, आलु एवं अम्लिसो) समृद्धिका जन्तर हुन् भनिन्छ । यहाँको दुग्धउद्योग र चियाको आप्mनै गरिमा छ । यहाँका गाउँमा घाँटी निकै तानेर हेर्दा पनि झुप्राको दर्शन पाउनु उति सम्भव छैन । यो अभूतपूर्व करामतका पछि स्वर्गीय धर्मकाका भैंm विकासप्रेमीहरूको हात रहेको स्वतः प्रमाणित हुन्छ ।
स्वर्गीय विष्णुभक्त ढकालको ज्वाइँको नाताले मात्र होइन अन्य विभिन्न नाताले पनि म धर्मकाकाको प्यारो नाम्सालिङ्गसित आबद्ध छु । नाताले ससुरा परे पनि बनारसमा पढ्दा जयकाकालाई म ‘तँ’ सम्म भन्दथें । जयकाकाकी एउटी बहिनीको नाम सरिता ढकाल थियो, जसलाई मेरी पत्नी शान्ताले फुपू भनेको सुनेर म पनि फुपू भन्थें । उहाँले लेखेका थुप्रै चिठी अभैm मसँग छन्् । जयकाकाकी अर्की बहिनी तिरका जुवाइँ हुनुहुन्छ डी.पी. अधिकारी । उहाँकी पत्नी चन्द्रा फुपू भर्खरै मलाई पनातिको मुख हेर्न दिने (मेरी नातिने बुहारी डा. निकिता खरेल)की कान्छी हजुरआमा हुनुभएको छ ।
नारदमुनि शर्माको निवास अचेल झापा शनिश्चरेमा छ । मेरो बिहेका दिन सं. २०१० मा भाषण गर्ने एक प्रबुद्ध वक्ता उहाँ पनि हुनुहुथ्यो । उहाँका भाइ डा. टीका शर्मा सारा भारतका शीर्षस्थ बैज्ञानिकमध्ये एक छन् र आज बेङ्गलोरमा बस्छन् । डा. टीका सरकी पत्नी डा. विष्णु शर्मा धर्मकाकाकी जेठी छोरी हुन् र ती मलाई भिनाजू भनेर सम्बोधन गर्छिन् । भन्नाले प्रातःस्मरणीय धर्मप्रसाद ढकालको कुल धेरैतिरबाट मेरो निकटमा छ । केवल स्वर्गीय काकालाई एकैपटक पनि दर्शन गर्न पाइनँ, केवल यही एउटा खुड्को मनमा रह्यो । उहाँ राजनीति र समाजसेवा भैंm फुर्सतनामेट गतिविधमा लागेको बेलामा म पुगें क्यार जहिले पनि ससुराली अनि त उहाँलाई प्रत्यक्ष दर्शन गर्न पाइनँ । मेरा पिताभन्दा डेढ वर्ष कान्छा उहाँ । यसैले हेपेर मलाई बालक ठानी उहाँले दर्शन नदिनुभएको पो हो कि भन्नै सक्तिनँ म । किनभने बीस बर्षको फुच्चे भएर पनि मैले आप्mनो विहे आधुनिक शैलीमा गराउन पुरेतहरूलाई तर्कमा हराएको थिएँ । मैले गरेको शेलीको बिहेलाई भाषण गर्नेहरूले मुक्त कण्ठमा प्रशंसा गरेका थिए । अतः प्रातःस्मरणीय धर्मकाकाले मलाई फुचे ठानी दर्शन नदिएको भन्ने कुराको तुक मिल्दैन । जुन फुचेका साथ शास्त्रार्थमा हारी उसका प्रकाण्ड पिता स्वर्गीय शारदाप्रसाद पोखरेल भैmं निराभिष व्यक्तिले पनि शर्तबमोजिम एक छाक मासु (मर्नुपूर्व) खानुपरेको थियो । त्यस फुचेलाई स्वर्गीय काकाले हेप्नुभयो होला भनी पत्याउनै सक्तिन म ।
शिकारी कुकुरले मृगको गोहो सुँघेर खोजे भैंm खुरन्धार मैले गरेको भए अवश्य भेट हुनेथियो होला । तर त्यसो नगरेको हुनाले भेट भएन । उहाँसँग आधा घण्टा पनि कुरा हुन पाएन । तर उहाँकी छोरी डा. विष्णुसँग र उहाँका जुवाइँ डा. टीकासँग घण्टौं कुरा गरेर मैले त्यसको क्षतिपूर्ति चाहिं गर्नेगरेको छु । केही आतङ्ककारीहरूले उहाँ र उहाँका पुत्र ज्ञानुको हत्या यदि सं. २०२९ मा नगरेका भए स्व. धर्मप्रसाद काकासँग धेरैपटक भेट हुनेथियो होला भन्न चाहिं अवश्य सकिएला । अझ के पनि भन्न सकिएला भने लर्तरो तुलोले जोख्न सकिने प्रतिभाको नाम स्व. धर्मप्रसाद ढकाल होइन । काका, तपाईलाईं ढोकें है त ? लौ त जयनेपाल !
दबपिचष्कजलब।चगउबदबकष्२नmबष्।िअयm
सं.२०६८।४।१४।७
विराटनगर–१३
Subscribe to:
Comments (Atom)