बिमली थरबारे मेरो अनुमान
बालकृष्ण पोखरेल
कुनै ठोस प्रमाणबाट लाभान्वित नभईकनै गरिएको कुनै पनि अभिव्यक्तिलाई हामी अडकल वा अनुमान भन्न सक्छौंं । अर्को किसिमले भन्नुपर्दा हामी यस्तो कार्यलाई लख काडिएर गरिएको आलेखन पनि भन्न सक्छौं । ‘खस जातिको इतिहास’ मैले सं. २०५५ सालमा छाप्दा पृष्ठ ६८१ मा बिमलीको गोत्र भारद्वाज बताएको रहेछु, त्यस बाहेक मैले यो महत्वपूर्ण थरबारे केही उल्लेख गरेको छैन रहेछु । उक्त समय (सं. २०५५) को तेह्र वर्षपछि श्रीरामकुमार बिमलीले र श्रीवेनुप्रसाद बिमलीले भर्खरै मलाई बाध्य तुल्याउनुभयो बिमलीबारे थप केही लेख्न । आप्mनी जेठी सासूकी छोरी विन्दु बिमली मेरी पनि त छोरी भइन र ? उसले लाडे पल्टेर यसबारे केही लेख् भनी आदेश दिएपछि मैले अड्कल, अनुमान र लखहरूलाई कदर गर्नै प¥यो । यसलाई त्यही हुकुम– गराइको एक नतिजा भने हुन्छ । मेरो अडकल के छ भने कूर्माचल (कुमाऊँ)को भिमाल ताल वा त्यसको आसपासको गाउँ नै बिमली थरको सर्जक स्थल हो । यसरी बिमली थरको शाब्दिक अनुवाद हुन्छ– भिमाल ताल वा त्यसको छिमेकका प्राचीन निवासीको थर । पहिले त्यहाँकाहरूलाई भिमाली भनियो । अङ्गेजीमा लेख्दा त्यो ख्ष्mबष् िभयो । अनि आज त्यो बिमली भएको छ । कोही कोही विमली पनि लेख्लान् ।
पूर्वतिर कतै बिमलीटार वा बिमलीपुर पनि होलान्, तर ती बिमली थर जन्माउने स्थल होइनन् । कालीगण्डकी पूर्वको संसारले नेपालमा थर जन्माएको छैन । गोर्खाको इतिहासले केही तिवारी (त्रिपाठी) लाई दङ्गाल थर प्रदान गरेको छ । तर दङ्गालको अर्थ दङ्गा नाउँको गाउँको निवासी भनेको होइन । त्यस दङ्गालको सही अर्थ हो नेवार राजासँग मिलेर गोर्खाको विरुद्ध दङ्गा (विद्रोह) गर्ने कानु तिवारी नामक ज्योतिषीका सन्तान । धेरैको कुरा गर्ने हो भने कालीगण्डकी पूर्वको माटोले थर जन्माएकै छैन होला । म होला मात्र भन्दैछु, किनभने किटान गर्ने अधिकार मेरो छैन । अतः कालीगण्डकी पूर्वको कुनै बिमलीटारले यो थर जन्मायो भनी बिश्वास नगरौं ।
पूर्वमा आठराई बिमलीहरूको मुख्य थलो हो । त्यहाँबाट यी पूर्वी नेपालका धेरै जिल्लामा पिंmजिएका छन् । यसपश्चिम ती दोलखा (चरीकोट) मा पनि छन् । बारा र सर्लाहीमा बसेका बिमलीहरू चरीकोटे हुनु धेरै सम्भव छ । चरीकोटे छेत्रीबाहुनहरू गोर्खामा द्रव्यशाहको विजय हुनुपूर्वका खँड्का राजा (पुवाँर खँड्का) का प्रजा हुनु धेरै सम्भव छ । खँड्का राजातिर लागेर द्रव्य शाहको विरोध गर्नेहरू खँड्काको हार हुनासाथ भागेर दोलखा लागे, किनभने दोखला गोर्खाली खँड्का राजाको मित्र थियो । जब पछि दोलखामा पनि गोर्खाको विजय भयो त्यहाँका थरघरहरू दोलखा छोडेर पल्लोकिराँत भासिन बाध्य भए । आपूmलाई कुमाई भन्नेहरू मात्र होइन गोर्खाविरोधी अरू थरघरहरू पनि यसरी पल्लोकिरात खेदिए । बिमलीका प्रथम पूर्वज परशुरामलाई मान्दा र ती पछिका पुस्ता गन्दै जाँदा घटीमा ७ पुस्ता र बढीमा ११ पुस्ता आठराईमा देखिन्छन् । अतः परशुराम पृथ्वीनारायणका समकालीन प्रमाणित हुन्छन् ।
आठराई मात्र होइन कास्की र तनहुँका बिमलीहरू पनि परशुरामकै सन्तान देखा पर्दछन् । यसबाट के थाहा पाइन्छ भने पृथ्वीनारायणपूर्वकाहरू विमली थरको प्रयोग गर्दैनथे । ती भट्ट, जोशी, पाठक आदि थरमध्ये कुन थर प्रयोग गर्थे चाल पाउनु आवश्यक छ । ती भट्ट थिए भने तिनको थर पल्याल थियो । ती जोशी थिए भने तिनको थर लटौला थियो । मलाई के कुरामा विश्वास छ भने ती पल्याल थरका भट्ट हुनु धेर सम्भव छ । पल्यालको अर्थ हो पालवंशी मानव । यस वंशका आदि पूर्वज आदिपाल (सं.९८७) ब्रह्मपुर (मानसरोवर)को पुराङ शाखाका ब्राह्मण नरेश थिए । यिनका एक्काईसौं पुस्तामा जन्मेका सम्राट् (सहिद पृथ्वीमल्ल) नै द्रव्यशाहका पूर्वज तथाकथित भूपाल थिए भन्ने कुरो स्वतः प्रमाणित हुन्छ । भूपाल पृथ्वीमल्लको अनुवाद पक्कै हो । आदित्यवंशको यही शाखा हो पल्याल शाखा । भन्नाले पल्याल कुलको एक शाखा द्रव्यशाहको कुल हो भने अर्को शाखा हो बिमली कुल । यसलाई पल्याल नभनी बिमली भन्नाको कारण हो पालवंशको बिमली शाखा भिमालमा केही काल बसेको थियो ।
अहिलेसम्म आदित्यवंशका ब्राह्मण नरेश आदिपालका तीन महत्पूर्ण शाखा फेला परिसकेका छन् । एकथरी द्रव्यशाहको कुल भैहाल्यो । दोस्रो भैहाल्यो थपलिया शाखा । यो मानसरोवरबाट गढवाल अनि त्यहाँबाट कुमाऊँ हुँदै नेपालको नुवाकोटमा आएर राज्य गर्ने शाखा थियो । अज्ञात कारणले गर्दा थपलियाहरू पछि राजा (ठकुरी) रहेनन् । मेरा विचारमा नुवाकोटकै श्रीनेत (तोलाङ्गी) ठकुरी पल्यालवंशी थपलियाका दाजुभाइ हुन् ।
ब्रह्मपुरको आदित्यवंश (पल्यालवंश)कै तेस्रो शाखा हो बिमलीहरूको कुल । ब्राह्मण राजा हुने थलो भएको हुनाले मानसरोवरबाट जन्मेको एक नदीको नामै ब्रह्मपुत्र छ । यही कारण हो नागराजका सन्तानले आपूmलाई गौडवंशी बताएका छन् । हामी पानी पोखरेल, बगाले थापा, अर्जेल र गुजराती प्रतिभा कन्हैयालाल माणिकलाल मुन्सीका साझे पूर्वज सोमनाथ आत्रेय (जन्म सं. ५२०) ले गुजरातमा सोमनाथ मन्दिर बनाएका थिए । तिनी आपूmलाई गौडवंशी नभनी द्राविडवंशको कर्णाट शाखाका पण्डित मान्दथे । सुमेर भाषा संस्कृतभन्दा प्रचीन हो । त्यसमा गाईलाई गुत भनिन्थ्यो । यही गुतबाट गौतम ऋषिले नाउँ पाए । यसै गुतबाट गौडवंशले पनि नाउँ पायो । मलाई लाग्छ, पानी पोखरेल द्राविड थिए भने दूध पोखरेल गौड थिए । यसलाई दूध बनाएको पनि गुत (गाई) ले नै हो ।
हो, दूध पोखरेल भनेर गाईवस्तु चराउनेवाला भनेको हो । खसकुरामा जेलाई वस्तु भनिन्छ मगर–कुरामा त्यसैलाई ढुट (वस्तुभाउ) भनिन्छ । नेपालीमा यसै ढुटको अनुवाद हो दूध पोखरेल । यथार्थमा ढुट (वस्तुभाउ) नपाले दूध खान नपाइने हुनाले पछि ढुट दूधमा परिणत भएको हो । वस्तुभाउको संरक्षण गर्ने मस्टो नै ढुट्यामस्टो हो । कसैले यसलाई ढो¥या वा ठो¥या मस्टो पनि भन्न सक्छन् । हामीले भैसीको पाडोलाई थोरे भनेको पनि ठो¥या (वस्तुभाउ) भनेकै हो । ढुट (गाईवस्तु) नपाली दूध खान नपाइने भएको हुनाले नै गाई पाल्ने काममा प्रवीण पोखरेलहरूलाई दूध पोखरेल भनिएको हो । जान्नुपर्ने कुरो के छ भने दूध पोखरेलहरूको गोत्र पनि बिमलीको भैंm भारद्वाज हो । यी दुईमा दूध पोखरेललाई ढुट्या बनायो बाजुराको न्यूरी गा.वि.सको दूध खान्या कैलासले । न्यूरीबाट गएर एकथरी ढुटपोखरेल (दूध पोखरेल)हरू डोटीमा निरोलीका संस्थापक हुन पुगें । आर्का थरी भने महाकाली नदीपारि नैनीताल निकटको भिमाल तालसम्म पुगी बिमली भए । तिनलाई नेपालले बिमली भने पनि कुमाऊँले पक्कै भिमाली भन्दैछ होला । मेरो ‘होला’ को प्रश्नको समाधान खोज्न कम्तीमा एक बिमली विद्वान् भिमालमा केही वर्ष बस्ने गरी जानुप¥यो । दूध पोखरेल र निरौलाहरू न्यूरी गा.वि.स (बाजुरा)को दूध खान्या कैलास हुन् भन्ने कुरामा शङ्का छैन । न्यूरी गा.वि.स आउनुपूर्व यी दूध खान्याहरू कैलासमा आएका थिए र त्यसपूर्व ती कश्मीर निकटको नूरीस्तान पुगेका थिए भनी हेलै हिक्न सकिन्छ । नूरीस्तान, न्यूरी, निरोली र निरौला भैंm प्रमाणहरूको आधारमा भिमालका बिमलीहरू पनि आप्mनो अतीतबारे सोच्न सक्छन् । खोजी गर्ने व्यक्ति बाछो हो, ज्ञान दूध हो र प्रकृति माता गाईको फाँचो हो । थुन जति नै पग्रे पनि बाछो मखुन्डी छ भने त्यसले दूध कसरी चुस्ने ?
थर र गोत्रबारे अध्ययन गर्ने आधार मैले सम्भव भएसम्म पञ्चाङ्ग विज्ञानका ग्रहगणादिलाई पनि स्वीकार गर्ने गरेको छु । मैले अत्रि गोत्रलाई सोमग्रह, ऐन्द्र गोत्रलाई आदित्यग्रह, भारद्वाज गोत्रलाई बृहस्पतिग्रह, औतिथ्य गोत्रलाई बुधग्रह आदि मान्ने गरेको छु । मैले भार्गव गोत्रलाई शुक्रग्रह र मार्कण्डेय गोत्रलाई मङ्गलग्रह मान्ने गरेको छु । मैले यसो किन माने भनी खुलस्त पार्ने फुर्सत आजसम्म पाएको छैन । तैपनि भारद्वाज गोत्रबारे केही त भन्नै प¥यो ।
अवश्य भारद्वाजको मूल बृहस्पति र बृहस्पतिको पनि मूल अङ्गिरा हो । मैले अङ्गिरा र प्राचीन टर्कीको आङ्कारालाई उही मानेको छु । प्राचीन टर्कीमा भार्गवपुरी नामक देशलाई फ्रिजिया भनिन्थ्यो । फ्रिजियाको अर्थ हो भृगुहरूको देश । भृगुलाई शत्रु मान्ने ग्रह हो सूर्य । बिहीले पनि भृगुलाई शत्रु नै मान्दछ । परन्तु शुक्र (भृगु)ले चाहिं आइत र सोमलाई शत्रु मित्र केही पनि मान्न सकेको छैन । यसबाट ज्ञात हुन्छ, बिहीले हेपेर भृगु (शुक्र)को प्राचीन कालदेखि नै उछित्तो गर्ने गरेको रहेछ । प्राचीन टर्कीको भृगुपुरीउपर हरि (सूर्य) का मन्त्री गरुडको र सूर्यका छोरा इन्द्र (मघवा÷इन्द्र) को ठूलो दबाउ थियो । यही कारण हो बृहस्पतिको अर्थ हो भृगुको मालिक (अर्थात् शत्रु) । ल्याटिनमा भार्गवलाई ब्रुगेस र मालिकलाई पोतिस भनिन्छ । बु्रगेसको मालिक (ब्रुगेसपोतिस) भएकैले बिहीबारलाई बृहस्पति भनियो ।
बिहीको शत्रु शुक्र मात्रै होइन बुध पनि हो । मिथुन राशिको आद्र्रा नक्षत्रको बार बुध भएकाले घृणापूर्वक त्यसलाई कुकुर भन्ने भारद्वाज (बार्हस्पत्य) नै हुन् । यद्यपि धनुराशिको मूल नक्षेत्र बुध नभई बिही छ तैपनि त्यसलाई कुकुर नै भनिएको छ । शक मूमि समूहका पाटने श्रेष्ठहरूका पूर्वज हामी यिनैलाई मानौं । माउन्ट आरारतको फेदीलाई मैले मूल मानेको छु । यो मूलदेखि लेक–भ्यानसम्मको गहिरीलाई मैले आषाढा भूमि अर्थात् पृथ्वीलोक मानेको छु । यो पृथ्वीलोक किन हो भने मङ्गल–ग्रहलाई आषाढाभू (आषाढामा जन्मेको) भनिएको छ । महाभारत महाग्रन्थमा यसलाई खाण्डववन भनिएको छ । यसको अर्को नाम खाण्डवप्रस्थ हो । यसलाई सिंगारेर पाण्डवहरूले इन्द्रप्रस्थ बनाए ।
मेरा विचारमा पहिले शक (उतथ्य जाति)को अधीनमा छँदा यस भूमिलाई ममता (मानवभूमि) भनियो । तर जब फेदी (मूल) बाट छिरेका ब्रुगेसपोतिसहरू (तथाकथित कुकुरहरू)ले यसउपर कब्जा गरे अनि ममता (आषाढाभूमि) उपर बिहीबारे पार्थ वा पृथुहरूको अधिकार कायम भयो । यसपूर्व यहाँ कूवान मूलका शकहरू रहन्थ । आद्र्रा नक्षत्र (अरारत पर्वत) सम्मै औतथ्य शाखाका शक प्रशस्त थिए । तर ब्रुगेसपोतिसहरूको दपेटाइले गर्दा यहाँ राजा वेन (श्रवणीताल वा लेक भ्यान) सम्म नै केही कालसम्म दुईखाले जनसङ्ख्या (रैथाने औतथ्य र विदेशी बार्हस्पत्य) को उपस्थिति रहिरह्यो । तर राजा वेन (श्रावणेर ताल वा लेकभ्यान) लाई कुशको डाँठले हानेर ऋषिहरूले हत्या गरेपछि यो थलो (पृथ्वीलोक) पूरै बृहस्पतिहरूको हातमा प¥यो । बार्हस्पत्य प्रजाहरूको प्रहारबाट बँच्न नसकी ममता (पृथ्वीलोक अर्थात् खाण्डवगैह्री) का खाल्डेलीहरूको पार्थीकरण आरम्भ भयो ।
खाण्डवगैह्री (काद्रवको आषाढा फाँट) लाई कुवान पनि भनिएको छ । हाम्रा कुवाथानी थरका भारद्वाज–गोत्रीहरू यसै आषाढाभूमिका सन्तान हुन सक्छन् । भारद्वाजहरूको यस विशाल फौजका नेता थिए गरुडपुत्र राजा मिडास । मलाई लाग्छ हामीलाई विशाल नेपाल दिने गोर्खाली शाहहरूको भारद्वाज कुल पनि किङ्ग मिडासकै कुल थियो नत्र तिनलाई मेधासी शाह किन भनिन्थ्यो ? हाम्रा लिच्छिवि नरेश मानदेव पनि पक्कै मेधासी कुलका थिए, नत्र उनी चाँगुनारायणको मन्दिर किन बनाउँथे ? प्रत्येक नारायणको मन्दिरको दैलोमा गरुडको मूर्ति (प्रायः) हुन्छ नै । चाँगुनारायणमा पनि त्यो छ नै । गरुडलाई हामी मेघासी कुलको मूल मानौं ।
पृथ्वी (कुवान फाँट) नकुल्ची अर्थात् कूज (मङ्गल) नभई कोही पार्थ (भारत) हुनु सम्भव थिएन । हाम्रा बिमलीहरूको पनि गोठधूपका दिन पूजाभाग पाउने कटुवाले गोठालो नामक देउताको नाम नारायण छ । कुवान मूलका कुवाथानी भारद्वाजले नै अतीतमा इरानलाई पार्थभूमि (पार्थिया) दिएका हुन् । हामीलाई नारायणमा भक्ति राख्ने मानदेव पक्कै तिनले नै दिए । हामीलाई गोठपूजाको दिन नारायण भगवान्लाई कटुवाल (गोठाले)को रूपमा पूजा गर्ने बिमली पनि पक्कै कुवाथानी भारद्वाजहरूले नै दिए । गोठधूपका दिन पुजिने देवताको अर्को नाम हो गैंडु । गैंडु भनेको गोविन्द हो । गोविन्द पनि बिमलीहरूको भैंm एक नारायण नै हो ।
मैले सोचेको थिएँ ब्रुगेस (भार्गव) र ब्रुगेसपोतिस (बृहस्पति)को पृष्ठभूमिमा चिन्तन हुनासाथ हाम्रा भारद्वाजबारेका सबै समस्या समाधान भैहाल्छन् । तैपनि युरेसियाली प्रागितिहास केलाउने काममा तबल, मुस्की, गोग र मागोगको कसीमा प्राचीन अस्मितालाई नघोटी समस्या समाधान नहुने रहेछ । तबल र मुस्की बाइबलको ओल्डटेस्टामेन्टले चर्चा गरेका शीर्षक हुन् । तबल तामिल (ड्राभिड) भइहाल्यो । मुस्की मूषिक (मुसो) भैहाल्यो । जसलाई मेसेक पनि भन्ने गरिएको छ । गोग लिडियाली गजराज गुग्गुको सिंहासन भैहाल्यो । मागोग (मघवा अथवा इन्द्र) चाहिं फ्रिजियाली नरेश गारुडवंशी मेधास (किङ्ग मिडास) आदिको पदवि भैहाल्यो ।
तबल तामिल (ड्रविड) को प्राचीन थलो रक्षपुरी (लिसिया) मा थियो । तिनको अर्को शाखा रुद्रपुरी (लिडिया) मा थियो । तबलको मूल आर्षत्व आत्रेयता र मूल ग्रह सोमवार ठहरिन्छ । यी कसैलाई शत्रु नमान्ने सोमवंशी तबललाई शत्रु ठान्नेहरू केवल बुधबारे शक थिए । हामी आत्रेय गोत्रका पानी पोखरेलहरू तबल सन्तति हुन सक्छौं ।
प्राचीन टर्कीको फ्रिजियाउपर अधिकार जमाएर बसेका राजा मिडासको कुल (नेपाली मेधासी शाहको कुल) मूषिक ठहरिन्छ । यसले पार्थ (भारत) भावना र सैंहिक संस्कार संसारमा पैmलायो । यसले रूसमा मूषिकनगर (मास्को) जन्माएथ्यो । तर रूसका सर्प (स्लाभ) हरूले यसलाई खेदे । विट्ठल देश (विट्ठलभूमि इटली) पनि मुसाको शत्रु थियो । मुस्कीहरूले आप्mनो गारुड शक्तिको सहयोगले साँप (स्लाभ) र विट्ठल (बिडाल÷इटली) बाट आप्mनो रक्षा गरे । नेपालका सारा भारद्वाजहरू बिही र आइत ग्रहको यस साझे गठबन्धनको आङ्गिरस शाखामा पर्दछन् ।
गोग लिडिया (रौद्रभूमि)को नरेश (गुग्गु) भइहाल्यो । गुग्गुपुत्र श्रीश (क्रीसस) प्रसिद्ध कुवेर भैहाल्यो । यसलाई प्राचीन खारिप्रदेशको गुगेको रूपमा र भारतको गुजरात (गजराज्य) को रूपमा पनि लिन सकिन्छ । यसको शत्रु मागोगबारे तल वर्णन गरिन्छ ।
नेपालको मुगु जिल्ला र भारतको महाराष्ट्र (मघवन् राष्ट्र) गोगका विपक्षी हुन् । दुर्गाभूमि अर्थात् तुर्काभूमिलाई मातल पनि भन्न सकिन्छ । मातलका बासिन्दा मातलिलाई इन्द्रले विमान हाँक्ने सारथी (नोकर) पारेका थिए । ती थिए भार्गवहरू अर्थात् ब्रुगेसहरू । ऐरावत हात्ती (इतिहासको अनुसार राजा गुग्गु) लाई मागोगले परास्त ग¥यो । यसरी मागोगसँग हार्ने राजा गोगलाई असुरदेशले गुग्गु भनेको छ । गुग्गुको राज्यलाई त्यसले लुड्डु (रुद्र) भनेको छ ।
ज्ञातव्य कुरो के हो भने असुरदेशका राजा (किङ्गमार्डुक अर्थात् मरुत) ले नै भारद्वाजलाई काखमा राखेर शास्त्रविद्या र शस्त्रविद्यामा तालिम दिएका हुन् । त्यसरी तालिम पाउने भारद्वाजका सन्तान हुन् बिमलीहरू पनि । पुराणले बताएअनुसार यो काण्ड घटित हुँदा आषाढाभूमि (मङ्गलकी माता कू अर्थात् ममता) असुरदेशको प्रान्त थियो । यसो नभएको भए त्यहाँको सभामा आएर असुर नरेश मरुत्तले प्रमुख अतिथिको भूमिका खेल्नुपर्ने नै थिएन ।
भ्mबष् िब्ममचभककस् दबपिचष्कजलब।चगउबदबकष्२नmबष्।िअयm