Nepali Article 3

प्रातः स्मरणीय अग्रज काशीबहादुरको सम्झनामा
प्रा. बालकृष्ण पोखरेल
मेरा स्वर्गीय पिता सुब्बा शारदाप्रसाद आजभन्दा आठ वर्षपूर्व नै सय वर्षको पुग्नुभएको थियो । म भन्दा २२ वर्ष जेठा स्वर्गीय काशीबहादुर श्रेष्ठ यो वर्ष १०० वर्षको पुग्नुभएछ । यसैकारण बनारस र काठमाडौं दुवै स्थलमा छुट्टा–छुट्टै उहाँको शतवार्षिकीको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरिंदैछ भन्ने सुन्दा मन ज्यादै रमायो । अझ बनारसको आयोजनामा भारतीय अकादमीको हात भएको चाल पाउनु मेरा लेखि अतीव हर्षको विषय हो । तर दुःखको कुरो के हो भने स्व. काशीबहादुरले ७८ वर्षको उमेरमा (संं २०४६मा) देह गुमानुपरे भैंm मैले पनि ठीक ७८ वर्षको उमेरमा (सं. २०६८ तिर) पत्नी शान्तालाई गुमाएर शोकाकुल हुनुपरेको छ । भेट हुँदैपिच्छे स्व. काशीबहादुरलाई आदरपूर्वक प्रणाम गर्ने एक प्रशंसिका स्व. शान्ता पनि थिइन् । उनी जीवित भएकी भए म उनलाई साथ लिएर जानेथिएँ शतवार्षिकी मनाउन । तर उनीसँग वियोग भएको एक वर्ष पनि नपुग्दै शतवार्षिकीको रमाइलोमा जाने हिम्मत मेरो भएन । जान नपाउँदाको पीडालाई मत्थर पार्न स्व. काशीबहादुरबारे दुईचार पङ्क्ति लेख्ने घृष्टता गर्दैछु, जसमा स्वयं आपूm आप्mनो उपहासको पात्र भइरहेको छु । किसिम–किसिमका दिनमध्ये यदाकदा आइदिने यस्ता दिनको निगाह यस्तै हुँदोरहेछ ।
मेरा प्रातःस्मरणीय अग्रज स्वर्गीय काशीबहादुर मिथुन (जेमिनी) राशिको प्रथम चरणमा सन् १९११ मा जन्मनुभएको थियो । उक्त राशिका नौ चरणमध्ये प्रथम चरण मृगशिरा नक्षत्रका चार पाउ (बेबो काकी) मध्ये तेस्रो अर्थात् का (क) ठहरिन्थ्यो । यसैले चिना बनाउनेले उहाँलाई कन्हैया तुल्याए । संयोगवश कन्हैयाको क र काशीबहादुरको ‘का’ को नक्षत्र एवं राशिमा केही अन्तर नआउने देखेर उहाँका पिता गणेशबहादुरले उहाँलाई काशीमा जन्मेको आधारमा काशीबहादुर भन्न रुचाउनुभयो । नत्र भगवान् श्री कृष्णलाई कन्हैया भन्न बानी नपरेको नेपाली समाजले उहाँको नाउँ उच्चारण गर्न अप्ठेरो मान्ने थियो होला । मेरा प्राचीनतम पूर्वज सोमनाथ आत्रेय (जन्म सं. ५२०) ले नै गुजरातको सोमनाथको मन्दिर बनाएका हुन् भन्ने विश्वास हामी सबै आत्रेयहरूको छ । तिनका वंशज कन्हैयालाल माणिकलाल मुन्सीको नामको कन्हैया अलोकप्रिय भएन । तर नेपाली परिप्रेक्ष्यमा चािहं चाहे भारतमा होस् चाहे नेपालमा यो कन्हैया टाक्सिन बाध्य भयो । नत्र गणेशबहादुरले कन्हैयालाई काशी बनाउने प्रश्नै उठ्दैन । कन्हैयालाल माणिकलाल मुन्सीको वंशका हामी आत्रेयगोत्री पोखरेलहरूको वंशावलीमा कन्हैया नाउँको व्यक्ति खोज्न दिउँसै टर्च बाल्नुपर्छ ।
मेरी वैकुण्ठवासिनी पत्नी शान्ताको हृदयमा स्वर्गीय काशीबहादुरको लागि निकै श्रद्धा थियो । यो श्रद्धाको मूल्य चुकाउन स्वर्गीय श्रेष्ठले उनका आग्रहहरूलाई उपेक्षा गर्न सक्नुहुन्नथ्यो । मेरो नाममा बैंङ्कमा वचत खाता खोल्न उहाँले नै साक्षी बस्नुपथ्र्यो । बिराटनगरमा फर्कने बेलामा ठठेरीगलीका भाँडा किन्ने काममा मात्र होइन राम्रा–राम्रा बनारसी साडी किन्ने काममा पनि नेताको रूपमा स्व. श्रेष्ठलाई अघि नलगाई मेरी शान्ताको मन मान्दैनथ्यो । यो कुरो उल्लेख गरेर म के बताउन चाहँदैछु भने स्व. श्रेष्ठ र मेराबीचको नाता झण्डै पारिवारिक कोटिको थियो ।
म स्वीकार गर्छु वि.सं. २००८ देखि वि.सं. २०१४ सम्म बनारसमा रहेर मैले म्याट्रिकदेखि बी.ए.सम्म पास गरेको हुँ । मैले सं. २००३ देखि नै कविता लेख्न जानिसकेको थिएँ । कथा (सं. २००५), शोककाव्य (सं.२००६) र खण्डकाव्य (सं. २००७) मैले लेख्न काशीमा सिकेको होइन । म म्याट्रिक हुनुपूर्व नै लेख्ने नसामा चुर्लुम्म डुबिसकेको थिएँ । बनारसको ‘युगवाणी’ मा मेरा लेखहरू सं. २००८ देखि छापिन थाले । त्यसपछि ‘उदयले’ मलाई आप्mनो परिवारको सदस्य सरहको मान्यता दियो । मेरो एउटा लेख (नेपाल कि गोर्खा ?) सं. २०१३ मा ‘उदय’मा छापिएको अभैm मलाई सम्झना छ । त्यस लामो लेखलाई मायाँ गरेर ‘उदय’का उदारमना सम्पादकले पुरस्कृत लेख भनी शीर्षकमुनि जनाउनु भएको थियो । एक पैसा पनि नदिई यो कस्तो पुरस्कार दिनुभएको त तपाईंले ? मेरो प्रश्न यो थियो । उहाँको उत्तर सुन्न ढिलो भएन । बिस्तारै उहाँले भन्नुभयो– “दार्जीलिङ, बनारस र काठमाडौंमा यस शीर्षकमा जति लेख छापिए तीमध्ये मैले यसलाई श्रेष्ठ मानें । यही हो मैले यस लेखलाई दिएको पुरस्कार । यो स्तरको लेख मैले आजसम्म नेपालको इतिहासमा पढेको छैन । मेरो यो पुरस्कारको अर्थ पछि थाहा हुनेछ तपाईंलाई ।” उमेरमा मभन्दा २२ वर्ष जेठा भएर पनि तपाईं भन्नुहुन्थ्यो उहाँ मलाई ।
मलाई लाग्छ, स्वर्गीय काशीबहादुरले दिएको पुरस्कार मैले सं. २०४६ मा उहाँको मृत्यु भएको नौ वर्षपछि सं. २०५५ मा पाएँ । त्यो पुरस्कारको नाउँ हो “खस जातिको इतिहास” शीर्षकको एक ग्रन्थ । अभैm बाँचिरहें भने थप पुरस्कारहरू पनि पाउनेछु म । ‘खस जातिको इतिहास’ भन्दा चार अमल मेरो कलम अघि बढेछ भने पनि म त्यसलाई स्व. काशी अङ्कलले दिएको पुरस्कार मान्नेछु ।
तर मलाई खेद के कुरामा छ भने उहाँलाई अङ्कल भन्ने आँट मैले आजपूर्व कहिल्यै गरिन । अङ्कल स्व. श्रेष्ठले साहित्यिक फुटबल खेल्ने मैदान ‘उदय’ उपलब्ध नगराइदिनुभएको भए आज म यसरी पुरस्कृत कहाँ हुन पाउनेथिएँ र ! आज मलाई अर्थ लाग्दैछ, म नाथु फुचे ठिटाका गफ सुन्दा उहाँलाई घन्टौं बित्दा पनि बोर हुँदैनथ्यो । झन् प्रश्नपछि प्रतिप्रश्न गरेर मेरो वाग्मिताको सलेदो उकासिदिनुहुन्थ्यो अङ्कल श्रेष्ठ ।
अङ्कल श्रेष्ठ कति महान् हुनुहुन्छ त्यसको नाप भर्खरै उहाँका दुई उपन्यास (उषा र वचन) पढेपछि मलाई थाहा भएको छ । अङ्कलले म छात्र छँदै मलाई दिलाउनुभएको थियो ती दुवै उपन्यास । तर केही स्वनामधन्य आलोचकले ती दुवैलाई साहित्यिक चोरी (प्लेगियारिज्म) का नमुना भएकाले पढ्नु बेकार हो भनी मलाई पढ्न दिएनन् । आप्mना पुस्तक जम्मै मदनपुरस्कार गुठीको पुस्तकालयलाई दिंदा ती दुई पनि दिएँ भैंm छ । तर अङ्कल बाँचे जति बाँच्न सफल भएको उपलक्ष्यमा मैले उहाँका सुपुत्र दुर्गाबहादुर मार्पmत् ती पुस्तकका फोटोकपी मगाएर पढें । अनि पो मेरा आँखा खुले ।
के महाकवि लक्ष्मीप्रसादको ‘शकुन्तला’ लाई कालिदासको चोरी मान्ने ? के लीलाध्वज थापाको ‘मन’ लाई कन्हैयालाल माणिकलाल मुन्सीको ‘प्रार्याश्चत्त’ को चोरी मान्ने ? के रमेश विकलको भन्ज्याङको चौतारो’लाई सुबोध घोषको ‘जतुगृह’ को चोरी मान्ने ? के भानुभक्तको ‘रामायण’ लाई वाल्मीकिको चोरी मान्ने ? मलाई त लाग्छ यी प्लेगिंयारिज्मका उदाहरण नभई साहित्यिक अनुकूलनका उदाहरण हुन् । तर चर्पीको फोहोर र गाईको गोबरबीचको अन्तर नबुभ्mने आलोचकहरूलाई धिक्कार छ, जसले त्यति प्राचीन कालमै अनुकूलन नाउँको हलोले जोतेर साहित्यको बाँझो मारिरहेका अङ्कल श्रेष्ठको अपमान गरे । बी.पी. को ‘दोषी चस्मा’ लाई चाहिं एन्टोन चेखबको ‘डेथ अफ द क्लर्क’ को चोरी नमान्ने अनि ‘मसान’ लाई चाहिं ‘पुतलीको घर’ को चोरी नमान्ने ती दुष्टहरूले काशीबहादुरको आत्मामा भुतभुते खरानी खनाए । स्व. काशीबहादुरको औपन्यासिक प्रतिभालाई अघि बढ्न तिनले हौसला दिएनन् ।
स्वर्गीय अङ्कल ‘उदय’ मासिककातिरबाट बनारसमा पारसमणिका गतिला पर्याय थिए । शरीरको गठन आप्mनो आर्यपूर्वज (अजा–अजी)को बरदान थियो । त्यत्रो गठिलो शरीरलाई लिएर अभ्यास गरेको भए उनी बनारसी दादा पनि हुन सक्थे, तर उनले माता कालिकालाई होइन सरस्वतीलाई जीवनभरि इष्टदेवी माने । मैले ‘उषा’ उपन्यासको कैलासचन्द्रलाई र ‘वचन’ उपन्यासको देवेन्द्र नारायणलाई काशीबहादुरका प्रतिबिम्ब स्वीकार गरेको छु । शारीरिक बल, स्वार्थ, लोभ, लालच आदिलाई हेय ठानेका छन् दुवै उपन्यासले । त्याग र बलिदानलाई मानवधर्म मानेका छन् दुवैले । यस्तो सुन्दर अनुकूलनलाई प्लेगिया–रिज्मको आरोप लगाउने कु–आलोचकलाई लुते सँग्रातीका दिन साउन एकगते नधपाएसम्म साहित्यको उन्नति हुन सक्तैन ।
यदि स्व. अङ्कलबाट पुरस्कार नाउँ गरेको आशीर्वाद नपाएको भए उहाँ उत्तर काशीको गङ्गाजल भैंm स्वच्छ हुनुहुन्छ भन्ने ज्ञान मलाई कहिल्यै हुने थिएन । अरूले पढाए होलान् र शिक्षा दिए होलान् तर मलाई बनारसमा पुरस्कार दिने त उहाँ मात्र हुनुहुन्थ्यो । अङ्कलको पुरस्कारको अर्थ आशीर्वाद मेरा लागि कति क्यारेटको गोल्ड भयो, यो कुरो भविष्यले बताउनेछ ।
सं. २०६८।४।१०।३
विराटनगर