Nepali Article 1

मैले पढ्न पाएको कैलास–मानसरोवर
–बालकृष्ण पोखरेल
अरू कैलाश भन्दछन् म कपिलासको अपभ्रंश कैलास भन्छु । यसो भनेकोमा माफ माग्नु मेरो कर्तव्य हो । त्यसबारे मैले एट्किन्सन, शिवप्रसाद डबराल, राहुल, सत्यमोहन जोशी, योगी नरहरि आदि मार्पmत् केही पढ्ने अवसर पाएको छु, तर जे मैले लेखक भोजराज भट्टको “मैले देख्न पाएको कैलाश–मानसरोवर”मा पढें त्यो अद्भुत र हृदयस्पर्शी थियो । यद्यपि ज्ञानको इतिहासमा कालभन्दा धेर अपराजय केही पाइएको छैन । अतः कालजयी हुने अधिकार अद्यापि अप, तेज, वायु, पृथ्वी र आकाशले पाएका छैनन् । यो अधिकार थुप्रै आकाशहरूको योग (महाअन्तरिक्ष अर्थात् ग्यालेक्सी)ले पनि पाएको छैन । यो अधिकार महाग्यालेक्सीहरूले पनि पाएका छैनन् । आकाश महाग्यालेक्सी नै भए पनि त्यो कालजयी हुनु सम्भव छैन । अझ त्यो महाङ्कालजयी हुनु त पूरै असम्भव कुरो भैहाल्यो । तैपनि भन्नेको मुख थुन्न सकिंदो रहेनछ । मसँग कालसँग लाप्पा खेल्ने हैसियत भएको गिदी छैन । तैपनि मित्रवर लेखक भोजराज भट्टको प्रस्तुत कृतिलाई म कालजयी भन्ने घृष्टता गर्दैछु । अणुभित्र ब्रह्माण्ड फेला पार्ने लक्ष्मीप्रसाद देवकोटाको अमर आत्मासँग भिक्षा माग्दै म जसुदा (राई) भट्टलाई सतिदेवीको पर्याय पार्वतीसँग र उनका पति भोजराज भट्टलाई महाकालिका स्वामी महादेवसँग दाँज्दै यी अनर्गल शब्दको माला उन्दैछु ।
भन्छ पौर्वात्य दर्शन, शक्ति नभएको काल (टाइम) शव हो । शक्तिलाभ हुनासाथ काल महाङ्काल अथवा शिव हुन्छ । शिव भएपछि त्यसले अप, तेज, वायु, पृथ्वी र अकाशलाई काखमा राखेर खेलाउन थाल्छ । बीजको अङ्कुरणक्षमता गर्भाधान हो सृष्टिको । आपैmं काउकुती लगाएर शव (काल) लाई शिव तुल्याउँछिन् शक्ति । आप्mनै उद्दीपन (कुतकुती) बाट शवको चोला त्यागी शिव बन्न पुगेको महाङ्कालको वीर्यद्वारा गर्भवती हुन्छिन् शक्ति । परा भनौं, पश्यन्ति भनौं, मध्यमा भनौं या वैखरी नै किन नभनौं, यी सबै शक्तिका गर्भाधानदेखि प्रजननसम्मका विविध चरण मात्र हुन् । यी त्रिविष्टप (काल, पञ्चतत्व र शक्ति) आ–आप्mना क्षेत्रमा आपैंm महान् छन् । काल नभए पञ्चतत्वले बस्ने आसन पाउँदैन । पञ्चतत्व नभए शक्तिले प्रादुर्भावको निहुँ पाउँदैन । शक्ति नभए शव (काल) ले ब्रह्मा भएर बीजारोपण गर्ने निहुँ पाउँदैन । ब्रह्मा अर्थात् शिव, शिव अर्थात् विष्णु र समग्रमा भन्नुपर्दा, ओंकार (प्रणव) । ओं अर्थात् अ (ब्रह्मा) , उ (विष्णु) र म (महादेव)को मिलन । मलाई लाग्छ सूर्यलोक (हेलियोपोलिस)को राजधानी ओन र यो ओं एकै हो । यो ओं तीनौटी शक्ति (शारदा, रमा र ईश्वरी)ले शिव बनाएका भिन्नाभिन्नै शवको संयोग हो ।
मित्र भोजराज भट्टकी शक्ति स्वर्गवासिनी जसुदा (राई) भट्ट भए भैंm यस ज्ञाननामेट लेखन्तेकी शक्ति स्वर्गवासिनी शान्तादेवी (ढकाल) पोखरेल भए भैंm अनि कसैका शक्ति कोही भए भैंm ब्रह्माकी शारदा, विष्णुकी रमा अनि महेश्वरकी ईश्वरी (पार्वती) भए भैmं अ, उ एवं म लगायत तीन (ओं)की शक्ति के त ? भूल गर्नेहरूले आजसम्म हामीलाई ओंकी शक्ति श्री हो भनी पढाएका छैनन् । श्री केवल लक्ष्मी मात्र हुन् र शिव केवल महादेव मात्र हुन् भन्ने भ्रममा हामी छौं । ब्रह्मा, विष्णु, महेश्वरको साझे पर्याय ओं (अ उ म) भए भैंm शारदा–रमा–ईश्वरीको साझे पर्याय श्री हो भन्ने ज्ञान हामीलाई हाम्रा गुरुले दिएनन्, यसैले यसबारे हामी अज्ञात छौं । आज दुई कम असी भोटा फटाएपछि बल्ल मलाई बोध भएको छ ओं (अउम÷ओन) नामक शिवकी शक्ति हो श्री (शरई) । श अर्थात् शारदा, र अर्थात् रमा तथा ई अर्थात् ईश्वरी । हामी भारोपेली भाषिक वक्ताहरूमा जो श आदिलाई श नै भन्छौं शतेम कहलाउँछौं, तर जो शलाई क भन्छन् ती केन्तुम कहलाउँछन् । हामी शतेमहरूकी श्रीलाई केन्तुमहरू क्री भन्थे । क्री (श्री) शक्ति थिइन् । क्रीको पे्रमीलाई अङ्ग्रेजी भाषामा अझै क्रीसस भन्दैछन् । संस्कृतमा क्रीससको पर्याय हुन्छ श्रीश (शिव) । तर क्राइस्टपूर्व पाँचौं शताब्दीपूर्व एकजना कुबेले (कमला)का भक्त राजा गजेन्द्र (जाइजेस÷गाइजेज) लाई मात चढ्दछ र ऊ आपूm कमला (कुबेला) को पति (मालिक) हुँ भन्छ । कुवेर त छँदैथियो ऊ, तर कमलापति हुँ भन्न थालेपछि किन्नर


(किम्मेर) प्रजाको ऊ शिकार हुन्छ । उसको उत्तराधिकारी क्रीसस (श्रीशः) पनि धनकुवेर हुँ मात्र नभनी श्री
(शक्तिमाता)को स्वामी हुँ भन्ने तुजुकले गर्दा नष्ट भयो ।
क्री (श्री) को शिवस्वरूप नै ओं (ओन) र ओं को शक्तिपक्ष नै क्री (श्री ) हो भन्ने कुरो सप्रमाण जाहेर गर्दैमा म निकै प्रबुद्ध रहेछु भनी धाक नलाऊँ । जबाहरलाल नेहरूले छोरीका नाउँमा लेखेका चिठीहरूको सङ्ग्रहमा प्रकृतिलाई नैसर्गिक ग्रन्थ (बुक अफ नेचर) नाउँ दिएका छन् । मित्रवर भोजराज भट्टले आप्mनो पुस्तक (कैलाश–मानसरोवरको यात्रा) मा एकातिर ङ–री–कोर–सुम (कुनै समयको ङ–री–युल)लाई विशिष्ट भूगर्भवेत्ता आमोदमणि दीक्षितका तीखा आँखाले चिहाउनुभएको छ भने अर्कातिर लामा सम्प्रदायको गरिमालाई बुद्धका कुतूहलमय आँखाले पछ्याउनु भएको छ । उहाँको भावविह्वल यात्राको परम लक्ष्य चाहिं आद्योपान्त आप्mनी स्वर्गीया जसुदा (राई) भट्टलाई निसर्गको प्रत्येक कणमा स्पर्श गर्नु रहेको छ । म्याडम जसुदा (राई) भट्टको गोत्र पनि वसिष्ठ हो एवं हाम्रा नेपाली भट्टराईहरूको गोत्र पनि वसिष्ठ हो । रोचक कुरो के हो भने नेपाली संस्कृतिलाई हिमालको काखमा मलजल गर्ने राजा नागराजको कुलको गोत्र पनि वसिष्ठ थियो । चाहे आपूmलाई (राई) भट्ट भनून् चाहे आपूmलाई भट्टराई भनून् स्वर्गवासिनी म्याडमका सन्तानको हातको वसिष्ठ चाहिं कहाँ जाला र ! रोचक कुरो के छ भने वसिष्ठगोत्री नागराजका पूर्वज ञि–मा–गोन (हिमजिउ) हाम्री दिदी भृकुटीले हाम्रा भिनाजु स्रङ–चनबाट पाएका सन्तनका वंशज थिए । जब भोटमा मङ्गोलियातर्पmबाट आयातित लामा धर्मले राजाउपर दमन गर्न लाग्यो भृकुटीको आठौं पुस्ताका लाङदर्मा मारिए । लाङदर्माका नाति ञि–मा–गोन (हिमजिउ) भागेर खारीप्रदेश (मानसरोबर) आए । तिनै हिमजिउका एक सन्तान हुन् हाम्रा नागराज । हो, म्याडम जसुदा (राई) भट्टका पति भोजराज भट्टले दर्शन गर्न पाएको मानसरोवर तिनै हिमजिउको सपादलक्ष साम्राज्यको राजधानी ङ–री–युल थियो ।
अतीतमा आजको सार्कको हिमालदक्षिण एवं समुद्रउत्तरको भेगलाई जम्बूद्वीप भनिन्थ्यो । यो नाम प्रायः सबै पुराणमा चर्चित छ । तर यो किन जम्बूद्वीप कहलायो भन्ने ज्ञान कमैलाई छ । हाम्रो नेपालको पाशुपतक्षेत्रलाई भोटे कुरामा याम्बू भनिन्छ । नेवारी भाषामा यसलाई येंदेऽ भनिन्छ । मलाई लाग्छ यही याम्बूबाट सार्कको ठूलो इलाकाले जम्बूद्वीप भन्ने नाउँ पायो । हाम्रो नेपाल हामी नेपालीको लागि त प्यारो छँदैछ, अतीतमा अरूको लागि पनि कम लोकप्रिय थिएन भन्ने कुरो पुराणले यसको ‘याम्बू’ बाट नै सारा सार्कलाई जम्बूद्वीप भन्न सिकेबाट थाहा हुन्छ । यस पवित्र भूभागको उत्तरमा अवस्थित मानसरोवरलाई चिनियाँ यात्री हु–एन–साङले पे–ले–मो–पुला (ब्रह्मपुर) भनेका छन् । यसै ब्रह्मपुरबाट जन्मेर भारतको आसामको बाटो भागीरथीमा मिसिने हुनाले होला एक नदी अभैm ब्रह्मपुत्र कहलाउँदैछ । पण्डितराज राजशेखरले आप्mनो काव्यमीमांसामा आपूmलाई ब्रह्माका छोरा बताएका छन् । लाग्छ, उनले मानसरोबरमा शिक्षा लाभार्थ लामो समय बिताएका थिए । उनले सो ग्रन्थमा आप्mनी प्रेमिकालाई सरस्वती (शारदा)की छोरी बताएका छन् । यसबाट स्पष्ट हुन्छ उनको ससुराली नेपालको महाकाली अञ्चल थियो । उनको गोत्र वत्स थियो । उँडेलधुरामा अभैंm एउटा स्थलको नाम रूपायल छ । मेरो विचारमा पण्डितराज राजशेखरको जन्मथलो रूपायल थियो । उनी चेदि शाखाका यायावर ब्राह्मण भएको आधारमा उनलाई रूपाखेती दाहालका पूर्वज मान्न सकिन्छ । आज आप्mनो शिवत्वमा आसीन आप्mनी सहधर्मिणी जसुदा (राई) भट्टको शक्तित्वको अनुसन्धानमा भोजराजज्यूलाई मानसरोवर पुग्न मन लागे भैंm पण्डितराज राजशेखरलाई पनि लाग्दथ्यो भन्ने कुरो स्पष्ट हुन आउँछ । कैलासको इलाका ब्रह्मा, विष्णु र शङ्करको साझे स्थल भएको हुनाले यहाँ तीनै जातिका श्री भेटिएका होलान् । शैवका लागि जुन नदी महाकाली छन् तिनीलाई ब्रह्ममार्गीहरू शारदा भन्दछन् । कुन्नि किन हो विष्णुकी नारायणीसँग चाहिं अलिक पूर्वमा मात्रै भेट्न पाइन्छ । पूर्वमै पनि त्रिशूली चाहिं शिवकै पक्षमा मत खसाल्छिन् । मानसरोबरमा जन्मेको सिन्धु भाले छ र ब्रह्मपुत्र पनि भाले छ तर कर्णाली पोथी छ । कर्णालीलाई मुजुरखुट्टे नदी (माप्छु–खम्बाब) भन्छन् भोटेलीहरू । किनभने मयूरगिरि (खेचराद्रि÷खपतल)लाई कर्णालीले पुछारतिर गएर स्पर्श गर्छ । अर्थात् आप्mनो यात्राको गोडा (खुट्टा) भन्न सुहाउने इलाकातिर) । प्राचीन युगमा कर्णाली चर्मण्वती (जुम्बलनदी ?) कहलाउँथ्यो भैmं छ । यसैबाट चम्लागाईं, जुम्ला आदिले नाउँ पाए । यसैबाट बैतडीको एक नदीले चम्लान्या नाउँबाट डाकिन मन परायो । चम्लान्या नदीको तटको सेरा फाँटको धानको भात खाने डोट्यली राजा नीलचामरी धामदेव (यशोधर्मा)ले भारतवर्षबाट तोरमाण र मिहिरकुलभैंm दुर्दान्त शत्रुलाई भगाएबापत गुप्तसम्राट्बाट मध्यप्रदेशको विशाल भूमि इनाममा पाए । आप्mना चर्मन्वंशी पूवर्जको नाममा त्यो इलाकालाई उनले चम्बलपुर (जम्बलपुर) नाम दिए । तर अचेल त्यो इलाका जब्बलपुर भएको छ । परन्तु धामदेवले त्यहाँकी नदीलाई आप्mनो प्यारो चम्लान्याको सादृश्यमा दिएको नाम अभैm चम्बल नै छ । नीलचामरी धामदेवले आप्mना देवता चम्बलनाथ (तथाकथित चन्दननाथ)को कृपाबाट लेकाली भूभागमा पनि चामलको भात खान सिकाएका थिए । यही कारण हो धानको भातलाई चामलको भात भनिंदैछ यत्रतत्र ।
आत्मीयवर भोजराज भट्टज्यू ! मैले त केही छाक खाना मात्र खाएको हुँ म्याडम जसुदा (राई) भट्टले तयार पारेको । तैपनि झलझली सम्झँदैछु म म्याडमलाई भने तपाईंले म्याडमको स्मृतिलाई काँधमा राखी कैलास–मान सरोवरको यात्रा गरेकोमा आश्चर्य मान्ने प्रयोजनै के र ! तर भोजराजज्यू ! दुई कम असीको उमेरको म भने अब यात्री बन्ने दशगजाभित्र पर्दिनँ क्यारे ! मनमनै यात्रा गरें मेरी शान्ताको स्मृतिलाई काँधमा राखेर चम्बलपुर (जब्बलपुर) तिरको चम्लान्या (चम्बल नदी) सम्म तर घरि नून पुग्दैन, घरि चर्को हुन्छ यो खालको यात्रा । उमेर चाहिंदो रहेछ सक्कली यात्रालाई । भट्टज्यू ! उमेर छँदै अझ धेर यात्रा गरौं । म्याडमको स्मृति चाहिं काँधैमा रहिरहोस् । ठीक महादेवको काँधमा सतिदेवी भए भैंm ।